arrow

अमेरिका र वेल्सले अङ्क बाँडे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
america-wales.jpg

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा शुरुआती अग्रता भने अमेरिकाले लियो । 

खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनले पुलिसिकको पासमागोल गरेको थिए । तर खेलको ८२ औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

अमेरिकाका वाल्कर जिमर म्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । 

यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक एक अङ्क बाँडेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ