arrow

कतार विश्वकपमा आज चार खेल, दावेदार अर्जेन्टिनाको भिडन्त साउदीसँग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
qatar-world-cup-ball.jpg
तस्बिर – फाइल ।

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत आज चार खेल हुँदैछन् । आज समूह सी र समूह डी का दुई दुई खेलहरु हुन लागेका हुन् । 

पहिलो खेलमा समूह सी मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । यो खेल दिउँसो ३ः४५ बजे शुरु हुँदैछ ।  

दोस्रो खेलमा डेनमार्क र ट्युनिसिया खेल्दैछन् । समूह डी को यो भिडन्त साँझ ६ः४५ बजे शुरु हुनेछ ।

विश्वकप अन्तर्गत नै तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र मेक्सिकोबीचको खेल राति ९ः४५ बजे शुरु हुनेछ ।

त्यस्तै चौथो खेलमा साविक विजेता फ्रान्सले अष्ट्रेलियासँग खेल्नेछ । यो खेल राति १२ः४५ बजे शुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ