arrow

प्रदीप–ईश्वर भिडन्तः गन्न बाँकी सात हजार ७२३ मत, प्रदीप तीन हजार ९३८ मतले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-2079-pradip-ishwor.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले फराकिलो अन्तर बनाउँदै लगेका छन् । प्रदीपले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको अन्तर बढाउँदै लगेका हुन् । 

३८ हजार ६५ मत गणना हुँदा प्रदीपले ३ हजार ९३८ मतको मतान्तर बनाएका छन् । प्रदीपले १२ हजार ५६२ मत ल्याउँदा ईश्वरले ८ हजार ६२४ मत ल्याएका छन् । 

सो क्षेत्रमा ४५ हजार ९८७ मत खसेको थियो । अब ७ हजार ७२३ मत गन्न बाँकी छ । त्यसमा ३ हजार ९३८ मतको मतान्तर बनाइसकेका प्रदीप जित नजिक पुगेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ