प्रदीप–ईश्वर भिडन्तः गन्न बाँकी सात हजार ७२३ मत, प्रदीप तीन हजार ९३८ मतले अगाडि
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
1.9k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले फराकिलो अन्तर बनाउँदै लगेका छन् । प्रदीपले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको अन्तर बढाउँदै लगेका हुन् ।
३८ हजार ६५ मत गणना हुँदा प्रदीपले ३ हजार ९३८ मतको मतान्तर बनाएका छन् । प्रदीपले १२ हजार ५६२ मत ल्याउँदा ईश्वरले ८ हजार ६२४ मत ल्याएका छन् ।
सो क्षेत्रमा ४५ हजार ९८७ मत खसेको थियो । अब ७ हजार ७२३ मत गन्न बाँकी छ । त्यसमा ३ हजार ९३८ मतको मतान्तर बनाइसकेका प्रदीप जित नजिक पुगेका छन् ।