arrow

लेवान्डोस्की पेनाल्टीमा चुक्दा मेक्सिकोसँग बराबरीमा रोकियो पोल्याण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
qatar-worldcup-mexico-poland.jpg

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा पोल्याण्डले मेक्सिकोसँग बराबरी खेल्दै अंक बाँडेको छ । दोहास्थित स्टेडियम ९७४ मा मंगलबार राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो । 

कप्तान रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अंक बाँड्नु परेको हो । खेलको ५८ औं मिनेटमा लेवान्डोस्की पेनाल्टीमा गोल गर्न असफल भए ।  उनको प्रहार मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआले उत्कृष्ट बचाउ गरे ।

त्यस बाहेक दुबै टोलीले पाएको अन्य अवसरलाई समेत सदुपयोग गर्न सकेनन् । 

यस बराबरीसँगै समूह सीबाट पोल्याण्ड र मेक्सिकोले १–१ अंक जोडेका छन् । समूहमा साउदी अरेबिया ३ अंक जोडेर शीर्ष स्थानमा छ भने साउदीसँग २–१ ले पराजित अर्जेन्टिना अंकविहीन रहँदै पुछारमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ