arrow

जेरुको कीर्तिमानी दुई गोलसँगै फ्रान्सको विजयी शुरुआत, अष्ट्रेलिया पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
qatar-worldcup-france-australia.jpg

काठमाडौं । साविक विजेता फ्रान्सले कतारमा जारी विश्वकप फुटबलमा विजयी शुरुआत गरेको छ । दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अष्ट्रेलियामाथि ४–१ को जित निकाल्दै फ्रान्सले सुखद शुरुआत गरेको हो ।

फ्रान्सको जितमा ओलिभर जेरुले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरे । अष्ट्रेलियाका क्रेग गुडविनले एक गोल गरे । अष्ट्रेलियाविरुद्ध फ्रान्सले एक गोलको अग्रता उल्टाएर सहज जित निकालेको हो ।

अष्ट्रेलियाविरुद्ध दुई गोल गरेसँगै जेरुले फ्रान्सका लागि ५१ औं गोल पूरा गरेका छन् ।

जेरुले थिएरी अन्रीको नाममा रहेको फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् ।

अन्रीको नाममा ५१ गोलको कीर्तिमान रहेको छ ।

जेरु विश्वकप फुटबलमा फ्रान्सका लागि सर्वाधिक उमेरमा गोल गर्ने खेलाडीसमेत बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ