arrow

कतार विश्वकपमा आज चार खेलः क्रोएसिया र मोरक्को तथा जर्मनी र जापान खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
qatar-world-cup-2022.png
तस्बिर – फाइल ।

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । आज समूह ई र समूह एफ का दुई दुई खेलहरु हुन लागेका हुन् । 

पहिलो खेलमा मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । साविक उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे शुरु हुनेछ ।  

यस्तै दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ ६ः४५ बजे शुरु हुनेछ ।

विश्वकप अन्तर्गत नै बुधबार हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार स्पेन र कोस्टारिकाबीचको खेल राति ९ः४५ बजे शुरु हुनेछ ।

त्यस्तै राति हुने चौथो खेलमा बेल्जियमले क्यानाडासँग खेल्नेछ । खेल राति १२ः४५ बजे शुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ