arrow

कतार विश्वकपमा साविक उपविजेता क्रोएसिया पहिलो खेलमै रोकियो बराबरीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
qatar-worldcup-croatia-morocco.jpg

काठमाडौं । सन् २०१८ मा रुसमा सम्पन्न भएको फिफा विश्वकप फुटबलको उपविजेता क्रोएसियाले कतारमा जारी २२औं संस्करणको पहिलो भिडन्तमा मोरक्कोसँग बराबरी खेलेको छ ।

खेलमा क्रोएसियाले विपक्षीको पोस्टमा ५ पटक प्रयास गरे पनि उसका कुनै प्रयास सफल भएनन् । यता मोरक्कोले क्रोएसियाको पोस्टमा ८ प्रहार गर्दा दुई प्रहार पोस्टको दिशामा रहे पनि गोलमा परिणत हुन सकेनन् ।

खेल अवधिभर ६५ प्रतिशत समय बलमा नियन्त्रण बनाउँदै क्रोएसियाले जित्नका लागि संघर्ष गरेको थियो । तर पनि गोल गर्न सकेन ।

३५ प्रतिसत समयमात्र बलमा नियन्त्रण लिए पनि मोरोक्कोले राम्रा अवसर सिर्जना गरे पनि गोल हुन सकेन । समूह एफ अन्तर्गत आजै राति बेल्जियम र क्यानाडाबीच प्रतिस्पर्धा हुँदैछ । आजै राति समूह ई का पनि दुई खेल हुँदैछन् । समूह ई को जर्मनी राति पौने ७ बजे जापानसँग प्रतिस्पर्धा गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ