arrow

जापानविरुद्ध जर्मनीको एकतर्फी खेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
qatar-worldcup-germany-japan.jpg

काठमाडौं । कतार विश्वकप फुटबलमा जापानविरुद्ध जर्मनी हावी देखिएको छ । जर्मनीले मध्यान्तरसम्म १–० को अग्रता लिएको छ । जर्मनीका लागि ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमार्फत गोल गरेका थिए । 

मध्यान्तरअघिको इन्जुरी समयमा भएको गोल भने भीएआरले अफसाइड देखाएको थियो । जर्मनीले मध्यान्तरसम्म ८१ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिन सफल भयो । कमजोर देखिएको जापानले मात्र १९ प्रतिशत बल नियन्त्रणमा लिएको थियो । अन्तिम सात मिनेटलाई छाड्ने हो भने जर्मनले ८४ प्रतिशत बल आफ्नो पक्षमा लिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ