arrow

जापानको सनसनीपूर्ण प्रदर्शन, जर्मनीमाथि पुनरागमन जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
germany-japan-2022.jpg

काठमाडौं । कतार विश्वकप फुटबलमा जापानले सनसनीपूर्ण पदर्शन गरेको छ । जापानले पहिलो खेलमै विश्वकपको उपाधि दावेदार जर्मनीमाथि पुनरागमन जित हासिल गरेको छ । 

बुधबार राति भएको खेलमा जापान १–० ले पछि परेको अवस्थामा २ गोल गर्दै २–१ को जित हासिल गरेको हो । खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । 

मध्यान्तरअघिको इन्जुरी समयमा काइ हाभर्टेजको गोल अफसाइड भएको थियो । मध्यान्तरसम्म १९ प्रतिशतमात्र बल नियन्त्रणमा लिन सकेको जापानले अन्तिम २० मिनेटको खेल भने अविश्मरणीय खेल्यो । 

७५ औं मिनेटमा रित्सु डोनले गोल गर्दै बराबरीमा ल्याए । ८३ औं मिनेटमा ताकुमा असानोले गोल गर्दै जापानलाई जिताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ