arrow

कतार विश्वकपमा दक्षिण कोरिया र उरुग्वेले बाँडे अंक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
qatar-worldcup-korea-uruguay.jpg

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा दक्षिण कोरिया र उरुग्वेले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेल गोलरहित बराबरीमा सकिएको हो । 

उरुग्वेका खेलाडीले प्रहार गरेको बल दुई पटक पोलमा लागेर फर्किएपछि गोल नभएको हो । 

खेलमा उरुग्वेले गोलका लागि ८ वटा र कोरियाले ५ वटा प्रहार गरेको थियो । उरुग्वेले ५७ प्रतिशत र कोरियाले ४३ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा लिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ