arrow

जितपछि जनार्दनले भने- यो जित अग्रगामी जनताको हो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
janardanss.JPG

काठमाडौं । रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अर्थमन्त्री जनार्दन शर्माले आफ्नो जितलाई अग्रगामी जनताको जितका रूपमा लिएका छन् ।

निर्वाचित भएपछि मतदाता र सम्पूर्णमा धन्यवाद दिलै उनले निर्वाचनमा आफुले गरेका प्रतिबद्धतालाई आम जनसमुदाय र पार्टीसमेतको सहकार्यमा कार्यान्वयन गर्ने जनाए ।

नेकपा (माओवादी केन्द्र)का नेता अर्थमन्त्री शर्माले उत्पादन, रोजगार, समृद्धि, सामाजिक, सांस्कृतिक रुपान्तरण अभियानमार्फत रुकुम जिल्लालाई समृद्ध र समुन्नत बनाउन साझा प्रयास हुने बताए । यसका साथै रुकुमेली जनताको अपेक्षाका साथै राष्ट्रिय आवश्यकता र कार्यभार पूरा गर्न इमानदारीपूर्वक प्रयास गर्ने उनले उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ