arrow

कतार विश्वकपमा आज चार खेल हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
fifa-world-cup.jpg

काठमाडौं ।  कतार विश्वकपमा आज चार खेल हुँदैछ । समूह चरणअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेल हुनेछन् । 

पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त  खेल नेपाली समयानुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । 

त्यस्तै दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । कतार र सेनेगलबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । 

तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । 

त्यस्तै चौथो खेलमा समूह ‘बी’ मा रहेको इङ्ग्ल्याण्डले अमेरिकाको सामना गर्नेछ । उक्त खेल राति १२:४५ बजे सुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ