arrow

फिनल्याण्ड र स्वीडेनको नेटोमा सामेल हुने प्रस्तावलाई हंगेरीले समर्थन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
Viktor-Orban-hungary.jpg

काठमाडौं । बिहीबार हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले अर्को वर्षको सुरुमा उनको देशको संसदले फिनल्याण्ड र स्वीडेनको नेटो सदस्यताको प्रस्तावलाई अनुमोदन गर्ने घोषणा गरेका छन् ।

एएफपीका अनुसार स्लोभाकियामा क्षेत्रीय समकक्षहरूसँगको भेटपछि ओर्बानले पत्रकारहरूसँग बोल्दै भनेका छन्, हामीले पहिले नै स्वीडेन र फिनल्याण्डलाई जानकारी गराइसकेका छौं, हंगेरीले यी दुई देशको नेटो सदस्यतालाई समर्थन गर्दछ। यो अर्को वर्ष संसदको पहिलो सत्रको एजेन्डामा हुनेछ।

संसद्को अधिवेशन आगामी फागुनमा सुरु हुने भएको छ । हंगेरी र टर्की बाहेक नेटोमा स्वीडेन र फिनल्याण्डको सदस्यताको प्रस्ताव नेटोका ३९ सदस्यहरुले अनुमोदन गरेका छन् ।

'सरकारले समर्थन गरेपछि संसदले पनि पक्कै उनीहरूको सामेलको बिषयलाई समर्थन गर्नेछ,' उनले अघि भनेका छन् ।

हंगेरीले स्वीडेन र फिनल्याण्डको नेटो सदस्यताको प्रस्तावलाई समर्थन गर्ने सरकारको जिद्दीको बाबजुद पनि देशको सत्तारूढ दलले बारम्बार संसदीय मतदान स्थगित गरेको छ।

हंगेरी सरकारले जुलाईमा आवश्यक कानून पेश गरेको थियो, तर दुवै विधेयक संसदमा छलफल र अनुमोदनका लागि हालसम्म पेश हुन सकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ