arrow

कांग्रेससहित ९ दलले गरे रुपन्देही २ मा पुनः मतदानको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
rupandehi-press-meet.jpg

रुपन्देही । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका नौ दलले रुपन्देही २ मा पुनः मतदानको माग राखेका छन् । हस्ताक्षर बिनाका मतपत्र, शिल्ड तोडिएका मतपेटिका, खाली कोठा नदेखाई मतपेटिका राखिएको, एक छापे ३-४ सय मत फेला परेको विषयलाई लिएर ९ दलले पुनः मतदानको माग गरेका हुन् । 

आज बुटवल दिनभर तनावपूर्ण बनेको छ । मतदान प्रक्रिया रोकिएको छ भने मतगणना स्थल बाहिर नाराबाजी चर्किएको छ । विवाद सुल्झाउन बिहान बसेको सर्वदलीय बैठक बसे पनि विवाद कायमै छ । कतिपय बक्समा अधिक मतपत्र फेला परेको जस्ता गम्भीर विषयहरू देखा परेको भन्दै शुक्रवार अपराह्न ९ वटा दलहरूका प्रतिनिधिहरूले हस्ताक्षर गर्दै एक प्रेस वक्तव्य जारी गरेका हुन् ।

जारी प्रेस वक्तव्यमा भनिएको छ: 'एक सय वटा मतपत्रहरू लुकाएको अवस्थामा फेला परेको हुँदा हामी तपसिलका दल र उम्मेदवारहरूले पटक पटक निर्वाचन अधिकृत परिवर्तन गर्न भनी अनुरोध गर्दा समेत वास्ता गरिएन । घटना क्रमले विकराल रूप धारणा लिएको छ । यो घटना क्रमको नैतिक जिम्मेवारी निर्वाचन आयोगले लिनु पर्दछ ।' 

यस भन्दा पहिलाको निवेदनमा जिल्ला तथा केन्द्रको निर्वाचन आयोग हामीलाई व्यवस्ता गरि निरीह रहेको पाइएको भन्दै प्रतिनिधि सभा उम्मेदवार केशव बहादुर थापा, प्रदेश सभा उम्मेदवारहरू दीर्घ बहादुर केसी, बामदेव क्षेत्री, अमृत भुसाल, जन समाजवादीका मोहन बहादुर खड्का, प्रतिनिधि सभा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, सुरज पौडेल, नारायण रेश्मी मगर, शङ्कर प्रसाद पोख्रेल, जीत कुमारी गाहा, प्रदीप पन्त, लाल बहादुर थापा (दर्लामी), नमादेवी गौतम प्रतिनिधि सभा र तारा घिमिरे प्रतिनिधि सभा उम्मेदवार लगायतले जारी विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

उनीहरूले जिल्लाको प्रतिनिधि सभा निर्वाचन तथा प्रदेश सभा क (ख) निर्वाचनको मतदान रद्द गरि पुनः मतदान हुने व्यवस्था गरि लोकतन्त्र, निर्वाचन प्रणाली, कानुन नीति, विधिको पालना गर्न गम्भीर ध्यानाकर्षण गराउँदै मतदानमा अनियमितता क्रियाकलापमा संलग्न हुने मतदान कर्मचारी माथि कानुनी कारबाही हुन जोडदार माग गरेका छन्। 

सो विज्ञप्तिको तपसिलमा नेपाली काँग्रेसका परशुराम ढकाल, नेकपा माओवादी केन्द्रका गोविन्द केसी, नेकपा एकीकृत समाजवादीका राजु गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका भीम राना, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेम बहादुर पुन, नेपाल समाजवादी पार्टीका कमल खनाल, नेपाली काँग्रेस बिपीका नमादेवी गौतम जैसी, जन समाजवादी पार्टी नेपालका मोहन र नेपाल दलित पार्टीका पूर्ण बहादुर विकले हस्ताक्षर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ