arrow

विश्वकपमा कतारको पहिलो गोल, सेनेगलसँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
qatar-worldcup-qatar-senegal.jpg

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आयोजक कतारले पहिलो गोल गरेको छ । पहिलो खेलमा इक्वेडरसँग २–० गोल अन्तरले पराजित भएको कतारले आज भएको दोस्रो खेलमा कतार सेनेगलसँग ३–१ ले पराजित भएको छ । 

मोहम्मद मुन्तारीले कतारका लागि गोल गरेका हुन् । सेनेगललाई जिताउन बुलाये दिया, फामारा डाइहाइयू र बाम्बा डाइङले एक एक गोल गरे । 

यो हारपछि कतारको अर्को चरण प्रवेशको सम्भावना सकिएको छ । अहिलेसम्म एक एक खेलबाट नेदरल्याण्ड्स र इक्वेडरले समान ३ अंक बटुलेका छन् भने दुई खेलबाट सेनेगलको पनि ३ अंक भएको छ । 

सेनेगलले समूह ए को पहिलो खेलमा नेदरल्याण्ड्ससँग २–० ले हार बेहोरेको थियो ।  अब अन्तिम खेलमा पुछारको कतारले नेदरल्याण्ड्ससँग खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ