- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा अस्ट्रेलियाले जित हासिल गरेको छ । अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको हो ।
शनिबार कतारको अल जानौब रंगशालामा भएको खेलमा ट्युनिसियालाई १–० ले पराजित गर्दै अस्ट्रेलियाले पहिलो जित निकालेको हो । खेलको २३ औँ मिनेटमा मिचेल डुकले गोल गरे ।
पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अस्ट्रेलियाले दोस्रो खेल जितेसँगै राउन्ड अफ सिक्सटिनमा पुग्ने सम्भावनालाई जिवितै राखेको छ । यसअघि पहिलो खेलमा ट्युनिसिया डेनर्माकसँग बराबरी खेलेको थियो ।