arrow

मुम्बई हमलाको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
agitation-pakistan-embassy.jpg

काठमाडौं । १४ वर्षअघि भएको मुम्बई हमलाको विरोध गर्दै राष्ट्रिय एकता अभियानले शनिबार काठमाडौंस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ । अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा भएको प्रदर्शनमा मुम्बईमा भएको आतंकवादी आक्रमणको विरोध गरिएको छ । 

आजकै दिन भएको आतंकी हमलाको मूल उदेश्य हिन्दू जनतालाई मार्ने रहेकोले सो घटना नेपालको राष्ट्रिय सुरक्षा चुनौतीसमेत रहेकाले सावधान गराइएको थियो ।

प्रदर्शनका क्रममा ‘जिहादको नाममा हिन्दुलाई मार्ने कार्य वन्द गर, आतंकवादलाई प्रश्रय दिने मुलुक अपारधी हो, विश्व शान्तिको शत्रु पाकिस्तान–होसियार, आतंकी परिचालन बन्द गर, आतंकी अखडा बन्द गर पाकिस्तान, मानवअधिकारको उलंघन बन्द गर, कट्टरपन्थी पाल्ने देश मुर्दावाद, विश्वमा शान्ति कायम गर, विश्वभरका हिन्दू एक हौं’ लगायतका नारा लगाइएको थियो ।

सन् २००८ को नोभेम्बर २६ तारिखमा लश्कर–ए–तैयबका दश प्रशिक्षित र भारी सशस्त्र लडाकुहरूले मुम्बईका धेरै ठाउँहरू र प्रतिष्ठित भवनहरूमा आक्रमण गरेका थिए। चार दिनसम्म चलेको हमलामा १६० जनाभन्दा बढी मानिस मारिएका थिए ।

आक्रमणकारीले मुम्बईका दुई पाँचतारे होटल, अस्पताल, रेलवे स्टेशन र यहुदी केन्द्रलाई निशाना बनाएका थिए । मुम्बई प्रहरी र अनुसन्धान अधिकारीहरूका अनुसार आक्रमणकारीहरू दुई समूहमा विभाजित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ