arrow

पोल्याण्डको शानदार जित, अर्जेन्टिनालाई हराएर सनसनी मच्याएको साउदी अरेबिया निराश 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
qatar-worldcup-saudi-arabia-poland.jpg

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा पोल्याण्डले पहिलो जित हासिल गरेको छ । पोल्याण्डले साउदी अरेबियालाई २–० ले पराजित गरेको हो । एजुकेशन सिटी स्टेडियममा शनिबार राति भएको खेलमा पोल्याण्डलाई जिताउन प्रिटो जिलेन्स्की र कप्तान रोर्बट लेभान्डोस्किले एक एक गोल गरे । 

पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरी खेलेको पोल्याण्डले दोस्रो खेलमा जित हात पार्दै राउन्ड अफ सिक्सटिनका लागि बलियो दाबेदारी दिएको छ । पहिलो खेलमा विश्वकपको उपाधि दाबेदार अर्जेन्टिनालाई २–१ ले हराएर सनसनी मच्याएको साउदीको भने यो पहिलो हार हो । 

समूह सीमा पोल्याण्ड ४ अंकसहित शीर्ष स्थानमा छ भने साउदी ३ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै मेक्सिको १ अंकसहित तेस्रो स्थानमा छ । अंकविहीन अर्जेन्टिना पुछारमा छ । 

राउन्ड अफ सिक्सटिनको सम्भावना जिवितै राख्न अर्जेन्टिनाले आज राति १२ः४५ बजे हुने मेक्सिकोविरुद्धको खेलमा जित हासिल गर्नै पर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ