arrow

अर्जेन्टिनाले जित्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
copa-america-2021-argentina.jpg

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलअन्तरले पराजित गरेको हो । 

समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि खेल जित्नुपर्ने बाध्यता थियो । 

जीतसँगै अर्जेन्टिनाले ३ अङ्क जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ । 

खेल पहिलो हाफमा बराबरीमा टुङ्गिएको थियो । 

खेलको दोस्रो हाफ अर्थात् ६४औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने खेलको ८७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ