arrow

आज जर्मनी र स्पेन भिड्दै

जर्मनी पहिलो जितको खोजीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
germany-football.JPG

काठमाडौं ।  कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ आज जर्मनी र स्पेन भिड्दै छन् ।  आज जर्मनी पहिलो जितको खोजीमा रहनेछ । स्पेन भने दोस्रो जित हात पार्ने दाउमा रहेको छ ।  
आजै नेपाली समयानुसार राति १२:४५ बजे खेल सुरु हुनेछ। आजको अन्तिममा खेलमा समूह ‘इ’का जर्मनीले स्पेनको सामना गर्नेछ । 

पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको खोजीमा हुनेछ । यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २-१ गोलअन्तरले पराजित गरेको थियो । यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७-० को गोल अन्तरमा पराजित भएको थियो ।

त्यस्तै दोस्रो खेलमा समूह ‘एफ’का बेल्जियम र मोरक्कोबीच भिडन्त हुनेछ । उक्त खेल साँझ ६:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा क्यानडालाई १-० गोलअन्तरले पराजित गर्दै बेल्जियम विजयी भएको थियो ।

 मोरक्को भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडाबीच भिडन्त हुनेछ ।

 समूह ‘एफ’का क्रोएसिया र क्यानडाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडा बेल्जियमसँग पराजित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ