arrow

जर्मनीलाई हराएर हैसिएको जापान कोष्टारिकासँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
qatar-worldcup-japan-costarica.jpg

काठमडौं । कतारमा जारी विश्वकप फुटबलमा जापानलाई झड्का लागेको छ । पहिलो खेलमा जर्मनीलाई २–१ ले हराएर सनसनी मच्याएको जापानले दोस्रो खेलमा भने कोस्टारिकासँग आत्मसमर्पण गरेको हो । 

जापान आइतबार साँझ सम्पन्न खेलमा कोस्टारिकासँग १–० ले पराजित भयो । यो खेल जितेको भए जापानले एक खेलअघि नै राउन्ड अफ सिक्सटिनमा स्थान बनाउने थियो । 

खेलको ८१ औं मिनेटमा केशेर फुलर स्पेन्सले निर्णायक गोल गरे । खेलमा जापान र कोस्टारिकाका ३–३ खेलाडीले पहेँलो कार्ड पाएका थिए । 

खेलमा पराजित भए पनि नियन्त्रण भने जापानले राखेको थियो । जापानले ५८ प्रतिशत तथा कोस्टारिकाले ४२ प्रतिशत बल नियन्त्रणमा राखेको थियो । जापानले गोलका लागि तीन वटा प्रहार गरे पनि सफल भएन । कोस्टारिकाले एउटै प्रहारबाट गोल सम्भव बनायो । 

पहिलो खेलमा स्पेनसँग ७–० ले पराजित भएको कोस्टारिकालाई राहत भएको छ । यो खेलपछि समूह ई मा स्पेन, जापान र कोस्टारिकाको समान ३–३ अंक भएको छ । 

आज राति १२ः४५ बजे स्पेन र जर्मनी भिड्दै छन् । जितले स्पेन राउन्ड अफ सिक्सटिनमा पुग्नेछ भने हारले जर्मनी बाहिरिनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ