arrow

कतार विश्वकपमा बेल्जियममाथि मोरक्को हावी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
qatar-worldcup-morocco.jpg

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा बेल्जियम पराजित भएको छ । पहिलो खेलमा क्यानाडालाई १–० ले हराएको बेल्जियम दोस्रो खेलमा भने मोरक्कोसँग पराजित भयो । 

आइतबार राति सम्पन्न खेलमा बेल्जियम २–० ले पराजित भयो । अधिकाशं समय बल आफ्नो नियन्त्रणमा लिएको बेल्जियमले महत्वपूर्ण तीन अंक गुमाएको हो । 

खेलको ७३ औं मिनेटमा अब्देलहामिद साबिरीले तथा इन्जुरी समयको दोस्रो मिनेटमा जाकारिया अबोउखलाले गोल गर्दै मोरक्कोलाई जिताए । 

खेलमा बेल्जियमले ६२ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको भए पनि गोल भने गर्न सकेन । त्यस्तै गोलका लागि चार वटा प्रहार गरेको थियो । 

मोरक्कोले पनि प्रहार गरेका चारमध्ये दुई गोल गर्न सफल भयो । यो खेलपछि मोरक्को २ खेलबाट ४ अंकसहित समूह एफबाट शीर्ष स्थानमा पुगेको छ । बेल्जियम २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ । क्रोएसियाको १ तथा क्यानाडाको ० अंक छ । 

आजै राति ९ः४५ बजे क्रोएसिया र क्यानाडा खेल्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ