arrow

मथुरामा भ्रष्टाचार : ६ सय किलो गाँजा गायब, आरोप मुसामाथि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
mouse.jpg

काठमाडौँ । भारतमा भ्रष्टाचार कति हुन्छ भन्ने कुरा यसलाई हेरे पुग्छ । मथुरा प्रहरीले करिब ६ सय किलो गाँजा मुसाले खाएको आरोप लगाएको छ । मथुरा प्रहरी चौकीमा राखिएको ५ सय ८१ किलो गाँस मुसाले खाएको भन्दै अदालतमा प्रतिवेदन पेस गरिएको छ । यो प्रतिवेदन पछि सबै अलमलमा परेका छन् । 

सन् २०१८ मा शेरगढ र राजमार्ग प्रहरी चौकीले ३८६ र १९५ केजी गाँजा केही अपराधीसहित पक्राउ गरेको थियो । त्यसपछि गाँजा मलखानामा जम्मा गरियो। प्रहरीले प्रमाणका रूपमा अदालतमा गाँजाको नमुना पनि पेस गरेको थियो । यसपछि गाँजाको पुरै खेप सिलसहित अदालतमा पेस गर्न आदेश दिइयो । त्यसपछि प्रहरीको जवाफ अचम्मको थियो । प्रहरीले सबै गाँजा मुसाले खाएको भन्दै अदालतमा प्रतिवेदन दायर गरेको छ ।

प्रहरीले मलखानामा मुसाबाट जोगाउन सकिने ठाउँ नभएको बताएको छ । मुसाले खाएपछि जति गाँजा बाँकी थियो, त्यसलाई नष्ट गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यो प्रतिवेदन देखेर न्यायाधीशहरू पनि छक्क परेका छन् । 

अदालतले मुसामाथि आरोप लगाउने आठ प्रहरीलाई निलम्बन गरेको छ । यसअघि ३ वर्षअघि बिहार प्रहरीले पनि मुसाले ८ हजार लिटर रक्सी चुसेको आरोप लगाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ