arrow

अनधिकृत बस्ती हटाउन खोज्दा थापाथलीमा तनाव, प्रमुखसहित एक दर्जन बढी सुरक्षाकर्मी घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
sukumbasi-birodh-thapathali.jpg

काठमाडौं । सुकुम्बासी बस्ती हटाउन पुगेको एक्स्काभेटर देखेपछि स्थानीइ आक्रामक हुँदा दोहोरो भिडन्त भएको छ । भिडन्तमा महानगर प्रहरी बलका प्रमुखसहित थुप्रै घाइते भएका छन् । थापाथलीस्थित बागमती नदी किनारमा सुकुम्बासी बस्तीका स्थानीयसँगको झडपमा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित एक दर्जन बढी घाइते भएका हुन् । 

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीका एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि स्थानीयले ढुंगामुढा गर्दा पाण्डेसहित एक दर्जनबढी प्रहरी घाइते भएको काठमाडौं महानगर पालिकाले जनाएको छ । 

घाइतेहरूको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । सुकुम्बासी बस्तीका पनि केही घाइते भएका छन् । उनीहरुले घरेलु हतियारसहित सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए । 

अनधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाले सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन शुरु गरेको छ ।

बस्तीमा सुकुम्बासीहरुले डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिका विरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेका छन् । अहिले पनि त्यस क्षेत्रमा तनाव कायमै छ । स्थानीयले प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता दिएका हुन् । 

काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । प्रदर्शनकारीहरुले विकल्प नदिई आफूहरु सो बस्तीबाट नहट्ने अडान गरेका छन् । 

डोजर चलाउने डरले सुकुम्बासीले घरको सामान पनि बाहिर निकालेका छन् । अनधिकृत रुपले नदी किनारमा बनाइएका छाप्रो हटाइछाड्ने महानगरपालिकाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ