arrow

यो वर्ष ७ लाख पर्यटकद्वारा काश्मीरको पहलगाम भ्रमण

logo
एजेन्सी,
प्रकाशित २०७९ मंसिर १२ सोमबार
kashmir-pahalgam-tourist.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। यस वर्ष करिब सात लाख पर्यटकले काश्मीरको पहलगाम भ्रमण गरेका छन् भने पर्यटकीय गन्तव्यमा धेरै पर्यटक आउने क्रम जारी रहेको समाचार एजेन्सी केएनओले जनाएको छ।

गत वर्ष मात्र ३१६ विदेशी पर्यटकले पहलगाम भ्रमण गरेका थिए भने यस वर्ष २,८५६ विदेशी पर्यटकले भ्रमण गरेका थिए।

गत वर्ष २,२२,९७५ स्थानीय, ३१६ विदेशी र २,३७,८३९ आन्तरिक पर्यटकसहित ४,६१,१३० पर्यटकले पहलगाम भ्रमण गरेका थिए।

यस वर्ष पनि जाडोमा पर्यटकको आगमन राम्रो हुने र जीविकोपार्जन गर्न सकिने अपेक्षा पर्यटन सरोकारवालाले गरेका छन्। 

जम्मु काश्मीर प्राकृतिक रूपमा निकै सुन्दर ठाउँ भएकोले यहाँ पर्यटकहरूको सङ्ख्या पछिल्लो केही वर्षयता बढ्दै गएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ