arrow

वास्तविक सुकुम्बासीप्रति संवेदनशीलता देखाउन लोहनीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
prakash-chandra-lohani.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले शहरमा सुकुम्बासी समस्याप्रति मेयर वालेन्द्र साह (बालेन) संवेदनशील हुनुपर्ने बताएका छन् । शहरका सुकुम्बासीको समस्याबारे मेयरबाट कानूनको पालना हुनुपर्ने र वास्तविक सुकुम्बासीप्रति संवेदनशीलता देखाउनु आवश्यक भएको उनले बताए । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अचानक जाडोमा डोजर चलाएर परिवारको बिजोग गर्नु अगाडि नगरपालिका र संघीय सरकारले वास्तविक सुकुम्बासी पहचान गरेर उनीहरूसँग के कस्ता संवाद गर्‍यो भन्ने नगरबासीलाई बुझाउनु जरुरी छ।’

उनले साथसाथै मेयर वालेन्द्र साह (बालेन) को तारिफसमेत गरेका छन् । उनले भने, ‘काठमाडौंको  मेयर वालेन्द्रजीको आजसम्मको कामको जनताले प्रशंसा गरेका छन् । काठमाडौंको मेयरमा एउटा पक्का इमान्दार, पैसामा लोभ नराख्ने र केही सकारात्मक काम गरुँ भन्ने पढेलेखेको नेता पाएको जनतामा छाप छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ