arrow

सफलताका ४ गुण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
bidur-niti.jpg

काठमाडौँ । महात्मा विदुरका अनुसार  व्यक्तिले आफ्नो जीवनमा यी चार वटा कुरा ग्रहण गर्नुपर्छ । जसबाट उसलाई संसारमा खुसी हुनबाट कसैले रोक्न सक्दैन ।

धर्म पर चलने वाला व्यक्ति हमेशा सुखी रहता है
एको धर्म: परम श्रेय: क्षमैका शान्तिरुक्तमा।
विद्वैका परमा तृप्तिरहिंसैका सुखावहा ॥

धर्म
महात्मा विदुरले भनेका छन् जो मानिस सधैँ धर्मको मार्गमा हिँड्छ उसले कहिले पनि खराब कुरा गर्न सक्दैन। यसको मतलब यदि तपाईँ जीवनमा सुख र शान्ति चाहनुहुन्छ भने धर्मको मार्ग अनुसरण गर्नुहोस्। यसले तपाईँलाई मात्र फाइदा पुर्‍याउँदैन अरूको पनि हित गर्दछ।

क्षमा
कुनै पनि व्यक्ति जो सफल हुन्छ उसले आफ्नो जीवनमा धेरै गल्तीहरू गर्दछ। तर समझदार व्यक्ति त्यो हो जसले गल्तीहरू क्षमा गर्दछ र जीवनमा अगाडि बढ्छ। कसैको गल्तीमा मनमा गाँठो बाँध्नाले सम्बन्ध सधैँ खराब हुन्छन् र तपाईँ आफूसँगै अरू पनि दुखी राख्नुहुन्छ। तर क्षमा भाव सर्वोच्च हुन्छ।

ज्ञान
व्यक्तिको सबैभन्दा ठुलो धन नै उसको ज्ञान हो। यस्तो व्यक्ति जो कुनै लालच बिना आफ्नो ज्ञानबाट नै सधैँ सन्तोष गर्दछ, तब संसारमा उ भन्दा खुसी अन्य कोही हुँदैन। ज्ञान भएर नै एक व्यक्ति खुसी जीवन बिताउँदछ । अज्ञानतालाई अन्धकारको अनुहार मानिन्छ।

अहिंसा
जो मानिस आफ्नो जीवन शान्तसँग अहिंसाको बाटोमा हिँड्छ भने उ सधैँ खुसी रहन्छ। यस्तो व्यक्तिको जीवन सधैँ प्रेम भावको साथ असल कार्यहरूमा व्यतीत हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ