arrow

राजविराज नगरपालिकालाई जनप्रतिनिधिले बनाए भर्तीकेन्द्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
rajbiraj-nagarpalika.jpg
तस्बिर – फाइल ।

राजविराज । सप्तरीको राजविराज नगरपालिकालाई जनप्रतिनिधिले कार्यकर्ता भर्तीकेन्द्र बनाएका छन् । नगरपालिकाकाको आयश्रोतले धान्नै नसक्ने कर्मचारी हुँदाहुँदै अहिले पनि ज्यालादारी कर्मचारी भर्ना गर्ने क्रम रोकिएको छैन ।

नगरपालिका सूचना अधिकारी सुरेशकुमार यादवका अनुसार हाल नगरपालिकामा ज्यालादारी कर्मचारीको संख्या १ सयभन्दा बढी छ। त्यसमाथि कार्यबाहक मेयर (उपमेयर) इसरत प्रविणले पटक–पटक गरी ११–१२ जना कर्मचारी भर्ना गरिसकेकी छिन् । 

प्रविणले आफ्नो बच्चा बोक्नका लागिसमेत सहयोगीको रुपमा एक जना कर्मचारी नियुक्त गरेको कर्मचारीहरु बताउँछन् । यो विषयमा उनले कुनै प्रतिक्रिया दिएकी छैनिन् ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले कार्यवाहक मेयरको दवाव थेग्नै नसकेर अनावश्यक ज्यालादारी कर्मचारी नियुक्ति गर्नु परेको बताए । 

उनले भने अनुसार कर्मचारीले काम नगरे उल्टै भ्रष्टाचारी भनेर मिडियाबाजी गर्ने गरेपछि वाध्य भएर आदेश कार्यान्वयन गर्ने गरिएको उनको भनाइ छ।

मेयर भिमराज यादव निलम्बनमा परेपछि उपमेयर इसरत प्रविण कार्यवाहक मेयर भएकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ