arrow

मायोसिटिस रोगको उपचारका लागि सामन्था दक्षिण कोरिया जाँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
samantha.jpg.jpeg
तस्बिर – फाइल ।

मुम्बई । साउथ अभिनेत्री सामन्था रुथ प्रभु यतिबेला मायोसिटिस नामको गम्भीर रोगबाट पीडित छिन् । उनी यो रोगको उपचारका लागि दक्षिण कोरिया जाने भएकी छिन् ।

गत अक्टोबरमा सामन्थाले आफ्नो रोगको बारेमा जानकारी दिँदै केही समयदेखि रोगको उपचार गरिरहेको खुलासा गरेकी थिइन् । उनले उपचार जारी भए पनि रिकभरीको स्टार निकै कम रहेको बताएकी थिइन् । उनी उपचारमा आयुर्वेद पद्धति अपनाइरहेकी छिन् ।

सामन्था निकटका अनुसार उनी एडभान्स उपचारका लागि केही समय बिताउने गरी दक्षिण कोरिया जान लागेकी हुन् । उनी त्यहाँ केही महिना बस्नेछिन् ।
मायोसिटिस एक अटो इम्युन रोग हो । यो रोगले बिरामी निकै कमजोर महसुस गर्छन् ।

बिरामीको मांशपेसीमा तीव्र लगातार दुखाई बढ्छ । यस्ता रोगका बिरामीलाई बस्न, सिँढी चढ्न, वजन उठाउन समस्या पर्दछ । केही काम नगरीकन पनि बिरामीले थकानको अनुभव गर्छन् । कैयौंपटक यो रोगका कारण बिरामीहरु डिप्रेसनको शिकार पनि बन्छन् ।

सामन्था पछिल्लोपटक फिल्म ‘यशोदा’मा देखिएकी थिइन् । उनको पाइपलाइनमा ‘शाकुन्तलम’, ‘कुशी’ र ‘गढ’ फिल्म छन् । एजेन्सी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ