arrow

बेहोस भएर बाटोमै ढलेका वडाध्यक्ष उठेनन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो । 

बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेका पूर्वीचौकी-४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए । 

उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । उनको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताए । 

जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ