arrow

अभिनेत्रीलाई ७ करोडको उपहार, बहिनिलाई सेतो कार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
jack-far.jpg

काठमाडौं । अभिनेत्री ज्याकलिन फर्नान्डेज २०० करोड मामिलामा जमानत पाइ सकेकी छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्ने प्रवर्तन निर्देशनालय (ईडी)का अनुसार सुकेश चन्द्रशेखरले ज्याकलिन फर्नान्डेजसँग मित्रता गरेपछि ज्याकलिनलाई करोडौँको महँगो उपहार दिएका थिए । जसमा गुच्ची झोला, गहना, महँगा कपडा, १५ जोडी कानको झुम्का, ५ वटा बर्किन ब्याङ्ग, सुपर लक्जरी ब्रान्डका ब्रेसलेट, चुरा, रोलेक्स जस्ता महँगो घडीहरू रहेका छन् । 

यससँगै उनले यी सबै उपहारको मूल्य करिब ७ करोड रुपैयाँ रहेको खुलासा गरेका छन् । सुकेशले ज्याकलिनकी बहिनी जेनीलाई सेतो रङ्गको बीएमइब्लू एक्स५ सिरिजको कार पनि उपहार दिए, जसको मूल्य १ करोड ८० लाख छ । यो कार दीपक रमानीले जैनीलाई दिएका हुन् ।
 
अभिनेत्री ज्याकलिन फर्नान्डिजले आफ्नो बयानमा चन्द्रशेखरलाई शेखर रत्न भेला भनेर चिनेको र उनी सन टिभीको मालिक भएको बताएकी थिइन् । ज्याकलिनले अमेरिकामा ज्याकलिनकी बहिनी गेराल्डिन फर्नान्डेजलाई सुकेशले १ लाख ५० हजार अमेरिकी डलर ऋण दिएको पनि स्वीकार गरेकी छन् । 

यति मात्र होइन, सुकेश चन्द्रशेखरले बहराइनमा ज्याकलिनका आमाबुवाका लागि मासेराती र पोर्श कार उपलब्ध गराएका थिए । यसबाहेक उनले अष्ट्रेलियामा ज्याकलिनका भाइलाई ५० हजार अमेरिकी डलर उपलब्ध गराएका थिए । 

पछिल्लो समय चन्द्रशेखरसँग भेटाएको आरोपमा पिंकी इरानी पक्राउ परेकी हुन् । उनी सुकेश चन्द्रशेखरको नजिक रहेको बताइएको छ । उनी सुकेशसँग काम गर्थिन् र उनको विश्वासपात्र पनि थिइन् । पिंकी ले ज्याकलिनलाई सुकेश चन्द्रशेखरसँग पहिलो पटक परिचय गराएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ