arrow

तेह्रथुमका आठ पत्रकार पुरस्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
terhathum-journalist-awarded-2079-2022-sita-gurung.jpg

तेह्रथुम। नेपाल पत्रकार महासङ्घ तेह्रथुमले १२औँ साधारण सभाको अवसरमा जिल्लाका आठ जना पत्रकारलाई सम्मान गरेको छ। महासङ्घले कान्तिपुर मिडिया ग्रुपका संवाददाता चन्द्र कार्कीलाई तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार ०७९ बाट पुरस्कृत गरेको छ। यस्तै, महासङ्घ जिल्ला शाखाका पूर्व अध्यक्ष तथा रेडियो तेह्रथुमका सहायक स्टेसन म्यानेजर नरेश ढुङ्गाना पनि सम्मानित भएका छन्।

महासङ्घले जिल्ला शाखाका अर्का पूर्व अध्यक्ष उद्धव तिम्सिना र रेडियो मेन्छ्यायेममा कार्यरत कृष्ण तामाङलाई तेह्रथुम पत्रकारिता विकास पुरस्कार बाट सम्मान गरेको छ। त्यस्तै, तेह्रथुम महिला पत्रकारिता पुरस्कारबाट रेडियो मेन्छ्यायेममा कार्यरत जानुका नेपाल र रेडियो तेह्रथुममा कार्यरत अस्मिता सुवेदी पुरस्कृत भएका छन्।

आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो तीनजुरेमा कार्यरत सरस्वती राई र रेडियो मेन्छ्यायेममा कार्यरत वीरेन्द्र पयाङ्गु सम्मानित भएका छन्।

यसैबीच महासङ्घले शाखाको १२औँ साधरणसभाको अवसरमा प्रतिनिधिसभा निर्वाचनमा विजयी हुने सीता गुरुङ, प्रदेशसभा सदस्यहरू किशोरचन्द्र दुलाल र दुर्गाप्रसाद चापागाईँ लाई बधाई पत्रसहित सम्मान गरेको छ। महासङ्घले ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएका महासङ्घका सदस्य छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बू र आठराई गाउँपालिका-६ का वडाध्यक्ष कृष्ण बास्कोटालाई पनि धन्यावादपत्रसहित सम्मान गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ