arrow

जी७, ईयु र अस्ट्रेलियाले रुसी तेलको मूल्य ६० डलरमा सीमित गर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
russian-oil.jpg

काठमाडौँ। जी७ अन्तर्गतका राष्ट्रहरू, युरोपेली सङ्घ अन्तर्गतका राष्ट्र र अस्ट्रेलियाले रुसी समुद्री कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० अमेरिकी डलरसम्ममा मात्रै किन्ने सहमति गरेका छन्।

रुसी अर्थतन्त्रलाई धक्का दिनका लागि पश्चिमाले रचेको यो सम्झौतापछि रुसले आफ्नो तेलको मूल्य सीमित गरेका बाबजुद आफूले नयाँ खरिदकर्ताहरू पाउने दाबी गरेको छ।

उता युक्रेनी अधिकारीहरूले भने रुसी अर्थतन्त्रलाई तुरुन्तै ध्वस्त पार्न तेलको मूल्य प्रति ब्यारेल ३० डलर हुनु पर्ने टिप्पणी गरेका छन्। यो नयाँ सम्झौता अन्तर्गत रहने मुलुकहरूले रुसी ग्यास बढीमा ६० अमेरिकी डलरमा मात्रै किन्ने छन्। यो कदमको संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ।

अमेरिका स्थित रुसी दूतावासले संयुक्त राज्य अमेरिका र यसका साझेदारहरूले सार्वजनिक गरेको रुसी तेलको मूल्य क्यापको अर्थ व्यावहारिक रूपमा स्वतन्त्र बजारका आधारभूत सिद्धान्तहरूलाई फेरि आकार दिनु भएको बताएको छ।

यो सम्झौता कत्तिको कार्यान्वयन हुन्छ र यसले के कस्ता स्थितिहरू सिर्जना गर्छ भन्ने कुरा आगामी दिनहरूमा मात्रै थाहा हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ