arrow

कोरोनाको समय असहाय व्यक्तिलाई खाना खुवाउने घिमिरे सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
amulya-samman.jpg

 रामेछाप । समाजसेवी प्रदीप घिमिरे 'अमूल्य'लाई रामेछापको मन्थली नगरपालिकाले सम्मान गरेको छ । रामेछाप जिल्ला मन्थली नगरपालिकाको नवौँ स्थापना दिवसको अवसरमा समाजसेवी प्रदीप घिमिरेलाई नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले नगद सहित प्रशंसा पत्र हस्तान्तरण गरेकी हुन् ।

कोरोनाको सुरुवाती समय देखी काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न मठ, मन्दिर, पाटीपौवा, सडक पेटी र पुलमुनि जीवन बिताइरहेका गरिब, दुःखी, अशक्त एवम् असहाय व्यक्तिहरूलाई रातको खाना खुवाउँदै आएका समाजसेवी घिमिरेलाई नगरपालिकाले सम्मान गरेको हो ।

रामेछाप जिल्ला, मन्थली नगरपालिका वडा नं. ४ का घिमिरेले सामाजिक सेवाको क्षेत्रमा गरेको कामको उच्च मूल्याङ्कन गर्दै नगरपालिकाले उनलाई सम्मान गरेको उपप्रमुख बस्नेतले जानकारी दिइन् । सम्मान ग्रहण गर्दै घिमिरेले आफ्नो यो जीवनको यात्रामा समाजसेवा गर्नबाट आफू पछि नहट्ने बताए । नगरपालिकाले गरेको सम्मानप्रति धन्यवाद ज्ञापन गर्दै उनले समाजका लागि आफू अनवरत रूपमा अघि सर्न तयार रहेको बताए ।

धर्म, संस्कार, संस्कृति, भोजन, सेवा, अध्यात्म लगायत विभिन्न क्षेत्रमा अनुभव बटुल्दै आएका घिमिरे अहिले समाजसेवा र साहित्यिक क्षेत्रमा अग्रसर रहेका छन् । समाजमा रहेका हरेक नेपाली जनताहरूलाई आफुले जसरी सेवा गर्न सकिन्छ, त्यसरी नै सेवा गर्न उनले आग्रह समेत गरेका छन् ।

धर्म, कर्ममा विश्वास गर्ने र अलि भावुक भएका कारण आफुले कसैको पनि आँखामा आँसु देख्न नसक्ने उनको भनाई छ । घिमिरे सक्रिय युवा समाजसेवी साथै एक कुशल लेखक पनि हुन् । उनले विभिन्न विषयमा कलम चलाउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ