arrow

भारतको एक्जिम बैङ्कको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता पाउने नबिल बन्यो नेपालको पहिलो बैङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
nabil-logo-2079.png

काठमाडौँ। नबिल बैङ्कले एक्सपोर्ट–इम्पोर्ट बैङ्क अफ इन्डिया (एक्जिम बैङ्क) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैङ्कको मान्यता प्राप्त गरेको छ। एक्जिम बैङ्कबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एक मात्र बैङ्क हो।

एक्जिम बैङ्कले सूक्ष्म जोखिम समीक्षापछि नबिल बैङ्कलाई व्यापार सहायता अन्तर्गत सदस्यता प्रदान गरेको हो। यो सम्झौताले नेपाल र भारतबीच बढ्दो व्यापारलाई सहज बनाउने, नेपाल र भारतबीचको बढ्दो आर्थिक संलग्नतालाई सुदृढ गर्ने, आयात निर्यातलाई सहजीकरण गरी अवसर खोल्ने नबिल बैङ्कको विश्वास छ। यो सुविधा अन्तर्गत एक्जिम बैङ्कले नबिल बैङ्कको भुक्तानी दायित्वको समर्थनमा भारतमा लेटर अफ क्रेडिट स्वीकार गर्न पेमेन्ट ग्यारेन्टी जारी गर्ने बैङ्कले जनाएको छ।

यसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सीमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्नेछ र वित्तीय संस्थाहरूको क्षमता अभिवृद्धि गरी सीमा पार व्यापारसम्बन्धी कारोबारहरूलाई सहज गर्नेछ।

नेपालको व्यापारलाई अन्तर्राष्ट्रियकरण र सहजीकरणको लागि नबिल बैङ्कले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रयास गर्दै आएको छ। यस व्यापार सहायता कार्यक्रम अन्तर्गत एक्जिम बैङ्कसँगको नबिल बैङ्कको साझेदारीले नेपाली बैङ्किङ क्षेत्रको अन्तर्राष्ट्रियकरणतर्फको कोशेढुंगा साबित हुने नबिल बैङ्कले जनाएको छ।

एक्जिम बैङ्क आयात–निर्यात वित्त पोषणमा संलग्न संस्थाहरूको कामको समन्वय गर्ने भारत सरकारको मुख्य वित्तीय संस्था हो। भारतको अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई प्रवर्द्धन, वित्त पोषण र सहजीकरण गरेर विश्व अर्थतन्त्रसँग भारतको पहुँच सहज बनाउन वर्षौँदेखि एक्जिम बैङ्कले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

प्रभावकारी रणनीति तथा उत्कृष्ट व्यवस्थापन अभ्यासका साथ नबिल सबै सरोकारवालालाई सम्पूर्ण वित्तीय सेवा प्रदान गर्ने पहिलो रोजाइको बैङ्कका रूपमा स्थापित भएको छ। व्यावसायिक बैङ्किङ सेवाहरूमार्फत नबिल बैङ्कले शाखा बैङ्किङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र इन्भेस्टमेन्ट बैङ्किङजस्ता सेवा प्रदान गर्दै आएको छ।

देशभर बैङ्कका २३३ शाखा कार्यालय, २६९ एटिएम, असङ्ख्य पोस (पीओएस) टर्मिनल, रेमिट्यान्स एजेन्ट र २०० भन्दा बढी अन्तर्राष्ट्रिय कर्रेसपन्डेन्ट बैङ्किङ सञ्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ