arrow

जम्मू र काश्मीर : भ्रातृत्व प्रवर्द्धन र सुफी मूल्यहरू पुनर्जीवित गर्न विज्ञहरूको सुझाव

logo
एएनआई,
प्रकाशित २०७९ मंसिर २० मंगलबार
sufi-values-kashmir-seminar-promoting-brotherhood.jpg
फाइल तस्बिर

श्रीनगर। जम्मू र काश्मीरको बन्दीपोरा क्षेत्रमा एउटा सेमिनारमा सहभागी विज्ञहरूले वहाबिज्मका केही पक्षहरूलाई रोक्न र समाजमा भाइचारा र प्रेमलाई बढवा दिन जोड दिएका छन्। 

जम्मु काश्मीर पीपुल्स जस्टिस फ्रन्टद्वारा आयोजित सुफीवादमा सहभागी हुँदा उनीहरूले यस्तो टिप्पणी गरेका हुन्। बन्दीपोराको सोनवारीको मालपुरा-सम्बलमा उक्त कार्यक्रम भएको थियो।

यो सेमिनार आयोजना गर्नुको उद्देश्य जम्मु र काश्मीरमा शताब्दीयौं देखि चलिआएको भाइचाराको सम्बन्धलाई थप सुदृढ र मजबुत बनाउनु रहेको एएनआईले रिपोर्ट गरेको छ। 

सेमिनारमा बोल्दै जेके पिपुल्स जस्टिस फ्रन्टका अध्यक्ष आगा सैयद अब्बास रिजवीले यस्ता सेमिनारहरू मार्फत सुफीवादको विचारधारालाई पुनर्जीवित गर्ने र भाइचारा र सद्भावलाई बढवा दिने आशा गरेको बताएका छन्।

'हिंसाको अन्त्य गरिनुपर्ने र काश्मीरमा शताब्दीयौं पुरानो भाइचारालाई पुनर्जीवित गर्नुपर्ने र यी कार्यक्रमहरूमार्फत, युवा पुस्तालाई शान्ति र भ्रातृत्वको विचार र यसको गुणहरू प्रस्तुत गर्न मद्दत पुग्छ। देशद्रोही, भ्रष्टाचार र आपसी शत्रुता कुनै पनि राष्ट्र र देशका लागि खतरनाक हुन्छ भन्ने कुरा युवा पुस्तालाई बुझाउने प्रयास गरिएको छ,’ उनले भने ।

आगा सैयद शौकवत मदनीले आजको प्रलोभनको युगमा आपसी प्रेमलाई पुनर्जीवित गर्नु समयको मुख्य आवश्यकता रहेको बताए ।

'समाजमा केही तत्त्वहरू छन्, जो आपसी प्रेम चाहँदैनन्। तिनीहरू आफ्नो निहित स्वार्थको लागि रक्तपात मन पराउँछन् जुन कुनै पनि राष्ट्रको लागि ठूलो र नराम्रो मानवीय क्षति हो,' मदनीले एएनआईलाई भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ