arrow

साउदी अरेबियाको राजकीय भ्रमणमा सी चिनफिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
xi-jinping-saudi-arabia.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले आज (बुधबार)देखि साउदी अरेबियाको तीन दिने भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा सीले विश्वको सबैभन्दा ठूलो तेल निर्यातक साउदी अरेबियाका राजा सलमान बिन अब्दुलअजीज अल साउद र डिफेक्टो लिडर एवं प्रधानमन्त्री माेहम्मदबिन सलमानलाई भेट्ने भएका छन् ।

सी बुधवार मात्र कोरोनाभाइरस महामारी सुरु भएदेखि तेस्रो विदेश भ्रमणका रूपमा साउदीमा अवतरण हुँदै छन् । यसअघि उनले सन् २०१६ मा साउदीको भ्रमण गरेका थिए ।

आधिकारिक साउदी प्रेस एजेन्सी (एसपीए)ले मंगलबार 'दुई देशबीच ऐतिहासिक सम्बन्ध र रणनीतिक साझेदारीलाई सुदृढ गर्न साउदी अरेबियाका राजा सलमानको निमन्त्रणा पछि यो भ्रमण भएको,' जनाएको छ ।

द्विपक्षीय शिखर सम्मेलनमा २९.२६ अर्ब अमेरिकी डलरको प्रारम्भिक सम्झौतामा हस्ताक्षर हुने साउदी प्रेस एजेन्सी एसपीएले जनाएको छ ।

चीनको परराष्ट्र मन्त्रालयले बुधबार बिहान एक संक्षिप्त विज्ञप्ति जारी गर्दै भ्रमणको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले सीले साउदी अरबको राजकीय भ्रमण गर्नुका साथै रियादमा हुने पहिलो चीन-अरब राष्ट्र शिखर सम्मेलन र चीन-जीसीसी शिखर सम्मेलनमा भाग लिने बताएका छन् ।

सी डिसेम्बर ७ अर्थात् आजदेखि डिसेम्बर १० सम्म साउदीमा रहनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ