arrow

जो बाइडेन र ऋषि सुनकबीच अमेरिकाबाट बेलायतमा ग्यास निर्यात बढाउने सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
rishi-sunak-joe-biden.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री ऋषि सुनकबीच दुई देशबीच ग्यास निर्यात बढाउने सहमति भएको छ । सम्झौता अनुसार युक्रेनमा जारी रुसी आक्रमणका कारण उत्पन्न संकटलाई न्यूनीकरण गर्न निकट भविष्यमा अमेरिकाबाट बेलायतमा निर्यात हुने ग्यासको मात्रामा उल्लेख्य वृद्धि हुनेछ । 

रुसले युरोपमा ग्यास आपूर्ति बन्द गरेपछि बेलायतमा ग्यासको भाउ आकासिएको छ र यसको प्रतिकार गर्न दुई देशले 'ऊर्जा सुरक्षा र किफायती साझेदारी' घोषणागर्दै दुवै पक्षका अधिकारीहरूसँग संयुक्त कार्य समूह स्थापना गर्ने भएका छन् ।

'बेलायत र अमेरिकाले मिलेर ऊर्जाको विश्वव्यापी मूल्य सुनिश्चित गर्नेछ र हाम्रो राष्ट्रिय आपूर्तिको सुरक्षालाई असफल शासनको लहरले फेरि कहिल्यै तलमाथि गर्न सक्ने छैन्,' सुनकले पत्रकारहरूलाई भने ।

बेलायत रुसी ग्यास आपूर्तिमा धेरै निर्भर नभएको बेला रुसमाथि लगाइएको प्रतिबन्धपछि वैकल्पिक स्रोतको बजारमा प्रतिस्पर्धाले देशलाई कठिन अवस्थामा पुर्याएको छ ।

तर, नयाँ सम्झौताअनुसार सन् २०२१ मा अमेरिकाबाट बेलायतमा निर्यात हुने तरल प्राकृतिक ग्यास (एलएनजी) को मात्रा दोब्बर हुने अपेक्षा गरिएको छ।

दुवै देशले वैकल्पिक इन्धन स्रोतहरू खोज्दै विशेष ध्यान केन्द्रित गरी हरित पहलमा सहकार्य गर्न खोजेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ