arrow

इन्जिनियरका कोषाध्यक्षका उम्मेद्वार सुसन वैद्यकाे तर्क, 'यसकारण लोकतान्त्रिक समुह'

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
susan-vaidya.jpeg
काठमाडौं। नेपाल इन्जिनियर्स एसोसिएसनको ३१ औं कार्याकारिणी परिषदको निर्वाचन यहि भाद्र ३१ गते हुन गइरहेको छ र निर्वाचनले सम्पुर्ण इन्जिनियरिङ समुदायमा उत्साहको संचार गरेको छ। विशेषतः २०७२ को भूकम्प पछि हुनगइरहेको यस निर्वाचनलाई इन्जिनियरहरुले मात्र नभइ आम नेपालीले पनि चासोका साथ हेरेका छन्। विपत्तिको समयमा जनताका घरघरमा पुगेर सल्लाह, सुझाव, परामर्शका साथै उत्पन्न समस्याको निराकरणको उपाए पनि सुझाउने नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा आम समुदायको चासो हुनु स्वभाविक पनि हो।
 
३०औं कार्यकारिणी समितिको निरन्तरताको रुपमा यसपटक लोकतान्त्रिक समूहबाट ई. हरेराम श्रेष्ठको नेतृत्वमा हामी चुनावी मैदानमा उत्रेका छौं। हामीसँगै धेरै साथिको आशा, भरोसा र विश्वास जोडिएको छ। सबै प्रत्यासी साथिहरुले राख्नुभएका मुद्दा महत्त्वपूर्ण छन्। प्रत्येक वर्ष ६५०० को हाराहारीमा उत्पादन हुने इन्जिनियर समुदायको व्यवस्थापन गर्दै देश निर्माणको चुनौतिमा सबैलाई सहभागी गराउने आज हाम्रो उदेश्य बन्नुपर्छ। नेपालको भौतिक तथा प्राविधिक विकास गर्दै यसलाई छिमेकीहरुसंगको प्रतिस्पर्धामा पुर्याउन पनि अब हामीले १०औ वर्षसम्म कडा परिश्रम गर्नुपर्ने देखिन्छ र यसकालागि समग्र इन्जिनियरिङ समुदायको कुशल व्यवस्थापन हुनु आवश्यक छ। हामी लामो समय देखि इन्जिनियरिङ समुदायको कुशल व्यवस्थापन र देश निर्माणमा यो समुदायलाई प्रयोग गर्न सकिरहेका छैन जसले गर्दा एकातिर देश विकास हुनबाट वंचित भएको छ भने अर्कातिर कुशल इन्जिनियर (Cream Human Resource)विदेशिएका छन्। 
 
नेपाल इन्जिनियर्स एसोसिएसनको पहलमा हरेक नगरपालिकामा कम्तिमा २ जना इन्जिनियर र उप र महानगरपालिकामा Structural इन्जिनियर सहित राख्ने प्रवन्ध मिलेको छ। यसले रोजगारी सृजना गर्ने मात्र होइन। यसले भोली बन्ने संरचनाको मजबुती र भूकम्प प्रतिरोधात्मक हुने कुरालाई पनि सुनिश्चित गर्दछ।  हाम्रो उदेश्य पेशागत हकहितका साथै सुरक्षित समुदाय निर्माण गर्नु पनि हो। हेर्दा सामान्य लागेपनि एकपटक बनेका संरचनालाई ठूलो धनराशि खर्च गरेर फेरि भत्काएर बनाउन नसकिने हाम्रो जस्तो देशमा यसको ठूलो महत्व रहन्छ। यसले निर्माण भएका संरचनाहरुला केही थप रकम खर्च गरेर वा नगरेर नै सुरक्षित बनाउनुका साथै आम जनताले भविष्यमा भोग्नुपर्ने कठिनाइ र धनजनको क्षतिलाई न्युनिकरण गर्न भूमिका खेल्दछ। तसर्थ देशमा हुने सम्पुर्ण विकास निर्माणका काममा इन्जिनियरको संलग्नता आवश्यक छ।
 
इन्जिनियरहरु रोजगारी खोज्ने मात्र होइनन् रोजगारी दिने क्षमता पनि राख्दछन् भन्ने हाम्रो मान्यता हो। अझ भन्नुपर्दा इन्जिनियरिङ समुदायले राम्रो अवसर र काम गर्ने वातावरण पाएमा सम्पुर्ण देशका युवाहरूलाई विकासमा सहभागी हुने अवसर समेर सृजना गर्न सक्दछन्। म आफैं पनि एक उद्यमी भएका कारणले यसमा मेरो विशेष रुचि हुनु स्वभाविक हो। नेपाली इन्जिनियरको क्षमताको विषयमा कुरा गर्ने हो भने उनीहरू नेपाली भूमिमा मात्र नभएर विदेशी भूमीमा समेत कुशल उद्यमी भएका अनेक उदाहरण छन्। हाम्रो अध्यक्षका उमेदवारका साथै अन्य धेरै साथिहरु उद्यमी पृष्ठभूमिबाट आउनुभएको छ। तर विडम्बना भनौं हामीले इन्जिनियरिङ समुदायलाई उद्यमशीलतासंग जोड्न सकेका छैनौं। हामी सबै इन्जिनियर साथिहरुलाई उद्यमशील हुने समयका सुरुवाती दिनमा भोग्नुपर्ने कठिनाईहरुमा मद्दत गर्नुका सथै आवश्यक प्रशिक्षणको व्यवस्था गर्न जरुरी छ। यसै उदेश्यका साथ, हाम्रो सक्रियतामा (NEA-BIC) Nepal Engineers Association- Business Incubation Center को स्थापना भएको हो। यसलाई थप अझ बृहत् र सशक्त बनाउनु आजको हाम्रो आवश्यकता हो। लगानीकालागि Start-up फण्डका साथै Venture Capitalist जस्ता नवीन प्रयोग गर्दै यसलाई थप सबल बनाउने र प्रशिक्षण मार्फत इन्जिनियर साथिहरुलाई उद्यमशील बन्न आकर्षित गर्नु हाम्रो लक्ष्य हो। 
 
भनिन्छ हामी सिक्दै छैनौं भने हामी अगी बढिरहेका छैनौं र हामी अगी बढिरहेका छैनौं भने हामी बाँचिरहेका छैनौं। तसर्थ हामी इन्जिनियरहरुको आजको अर्को आवश्यकता भनेको Staff College हो। इन्जिनियरिङ पेशामा निरन्तर अध्ययनको ठूलो भूमिका रहेको हुन्छ त्यो चाहे कुनै विषयमा विशेषज्ञता हासिल गर्न होस् वा नयाँ प्रविधि विकासका बारेमा जान्न। हामीलाई यसको आवश्यकता छ। तसर्थ लामो समयदेखि Engineering Staff College का मुद्दा लिएर विभिन्न सरकारी निकायमा पुगेर माग राखेको तथा निरन्तर यसकालागि पहल गरिरहेका छौं। यसको स्थापनामा केही समय लाग्ने भएकाले हामीले इन्जिनियर साथिहरुको अध्ययनलाई निरन्तर बनाउनकालागि Center for Continuing Engineering Education भनेर (NEA-CCEE) को स्थापना गरि निरन्तर अध्ययन गर्ने वातावरण निर्माण गरेको छ। यसका साथै हरेक हप्ता हुने Talk Program को लाइभ स्ट्रिमइङ गराई देश विदेशमा रहनुभएका साथिहरुसंग अनुभव तथा ज्ञान निर्माण गर्ने वातावरण निर्माण गर्न प्रतिबद्ध रहेका छौं।
 
इन्जिनियरको विषय उठ्दा गत वर्षको भूकम्पलाई जोड्नै पर्छ। ऊक्त भूकम्पले ठूलो भौतिक तथा मानसिक क्षति पुर्यागएको छ। हाम्रा धेरै सांस्कृतिक सम्पदा र धरोहरहरु भत्किएका छन्। तिनको पुनर्निर्माणको ठूलो चुनौती हाम्रो अगाडि छ। यद्यपि ती चुनौतीसंगै अवसर पनि संगै आएका छन्। १७-१८औं शताब्दी तिर निर्माण भएका र प्राचीन अभिलेखहरु एकदमै न्यून रहेका त्यस्ता सम्पदाहरुको बारेमा अब हामीले थप अध्ययन गर्न सक्ने भएका छौं। उक्त समयमा प्रयोग भएका सामाग्री तथा प्रविधिको सुक्ष्म अध्ययन गरि तिनका बारेमा प्रतिवेदन र अभिलेखिकरण गर्ने अवसर प्राप्त भएको छ। यसकालागि Engineering Development Resource Center को स्थापना गर्ने योजना रहेको छ। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विकास आयोजनाहरुको विवरण तथा प्रतिवेदनहरुको अभिलेख राखि विद्यार्थी तथा इन्जिनियरहरुको अध्ययनकालागि उपलब्ध गराउने योजना रहेको छ। यो योजानामा काम हुनसके अध्ययन गर्न चहाने जो कोहिकालागि यो संस्था अत्यन्त महत्वपूर्ण सावित हुने देखिन्छ।
 
नेपाल इन्जिनियर्स एसोसिएसनको आसन्न निर्वाचनमा कसले बिजय हासिल गर्ने र को नेतृत्वमा पुग्ने भन्ने विषयलाई मात्र तय गर्दैन। यसले संघिय संरचनामा जान लागेको हाम्रो हालको देशको परिवेशमा प्राविधिक जनशक्तिलाई कसरी सदुपयोग गर्ने राष्ट्र निर्माणमा तिनलाई सहभागी गराउँदै देशलाई समृद्धि तिर अभिसारित गराउने भन्ने जटिल प्रश्नको जवाफ पनि अब आउने नेतृत्वले दिनुपर्छ। हामी समयले दिएको सम्पुर्ण चुनौतीलाई स्विकार गर्दै यी सबै कामकालागि तयार भएका छौं। तसर्थ आगामी निर्वाचनमा लोकतान्त्रिक समूहको विजय अपरिहार्य छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ