arrow

दिल्लीमा चल्यो झाडु, केजरीवालले मागे आशीर्वाद

बढारिए भाजपा र कंग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
aap-neta.jpg

काठमाडौं । दिल्ली नगर निगमको चुनावमा आम आदमी पार्टीको झाडु चलेको छ । भारतीय जनता पार्टी (भाजपा) र भारतीय कंग्रेस जस्ता ठुला दलहरू बढारिएका छन् ।  दिल्ली नगर निगमको चुनावमा आम आदमी पार्टीले बहुमतको आँकडा पार गरेको छ । आम आदमी पार्टीले २५० सिटमध्ये १३४ सिट जितेको छ । 

जबकि भाजपाले १०४ सिट र कांग्रेसले ९ सिटमा सीमित भएका छन् । स्वतन्त्र उम्मेदवारले ३ सिट जितेका छन् । योसँगै भाजपाको १५ बर्षे शासन सकिएको छ ।

दिल्ली एमसीडी चुनावमा पार्टीको जीतपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका जनतालाई विजयको लागि बधाई दिए र परिवर्तन ल्याउनका लागि धन्यवाद दिए। आपका राष्ट्रिय संयोजक केजरीवालले दिल्लीलाई ठिक गर्न जनताको आशीर्वाद समेत मागे। 

बुधबार बिहान ८ बजेबाट मतगणना सुरु भएको थियो । मतगणनाका लागि ४२ वटा केन्द्र तोकिएको थियो । निर्वाचन आयोगको अहिलेसम्मको तथ्याङ्क अनुसार आम आदमी पार्टीले स्पष्ट बहुमत ल्याएको छ । दिल्लीको २५० सिट भएको नगर निगममा बहुमतका लागि १२६ चाहिन्थ्यो।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले दिल्ली एमसीडी चुनावमा जितपछि दिल्लीका जनताले १५ वर्षको भ्रष्ट भाजपा सरकारलाई विस्थापित गर्न र केजरीवालको नेतृत्वमा आप सरकार गठन गर्न बहुमत दिएको बताएका छन्। पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले भोलि गुजरातमा समेत आपको चमत्कार देखिने बताए ।

आप नेता राघव चड्ढाले जपाले दिल्लीका जनताबाट उचित जवाफ पाएको बताए । उनले भने,' विकासका लागि काम गर्नेलाई जनताले भोट दिएका छन् । आज दिल्लीले अरविन्द केजरीवालमाथि बीजेपीले फाल्ने प्रयास गरेको माटो सफा गरेको छ। हामी दिल्लीलाई संसारको सबैभन्दा सुन्दर शहरमा परिणत गर्नेछौँ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ