arrow

नेपालमा फेरि आन्तरिक अस्थिरता निम्त्याउने प्रयासमा चीन, पुनलाई बोलावट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
barsaman-pun.jpg
फाइल तस्बिर

काठमाडौँ। मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम आई नसक्दै दलहरू नयाँ सरकार गठनको कसरतमा जुटेका छन्। यही बीचम उत्तरी छिमेकी चीनले भने नेपालमा फेरि अस्थिरता निम्त्याएर आफ्नो स्वार्थ पूरा गर्ने खेलमा लागेको देखिन्छ।

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता निर्वाचित भए लगत्तै वर्षमान पुनलाई चीनले बोलाएको छ। उपचारका बहानामा उनी चीन गएर राजनीतिक भेटघाट गर्ने पनि बताइएको छ।

विगत पाँच वर्षमा नेपालको राजनीतिलाई निकै अस्थिर बनाएको चीनले पछिल्लो समय भएको निर्वाचनबाट स्थिरताको अपेक्षा गरिएको थियो। तर, फेरि नेपालमा अस्थिरता निम्त्याएर नेपाललाई आफ्नो चङ्गुलमा पार्ने षड्यन्त्रमा चीन लागेको छ।

चीनले नेपालमा आफ्नो अनुकूलको सरकार निर्माणको तयारी थालेको छ। नेपालको गणतन्त्रलाई संस्थागत हुन नदिएर अस्थिरताको खेती गर्ने र गणतन्त्रप्रति वितृष्णा जन्माउने प्रयासमा चीन लागेको छ। यसैको निरन्तरता चीनले माओवादी केन्द्रका नेतालाई चीन बोलाएको हो।

यस विषयमा माओवादी केन्द्रले उपमहासचिव पुन स्वास्थ्य उपचारका लागि चीन गएका छन्। माओवादीका नेता लिलामणि पोखरेलले भने, 'गत वर्ष थाइल्याण्ड र चीनमा गरेर चार महिना लामो उपचारबाट फर्किनु भएको हो। यस पटक चुनावी दौडधुप बढी भएपछि फेरि स्वास्थ्यमा समस्या देखिएपछि त्यसतर्फ जान लाग्नुभएको हो।'

उनी गत वर्ष असोज १३ गते उपचारका लागि थाइल्याण्डको राजधानी बैङ्कक गएका थिए। त्यहाँ निको नभएपछि उनलाई २०७८ मङ्सिर १० मा चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा लगेर उपचार गरिएको थियो।

तर, गुप्तचर स्रोतका अनुसार भने पुनले उपचारको नाममा राजनीतिक भेटघाट गर्ने र आगामी सरकार निर्माणको विषयमा छलफल गर्ने विषयमा कुराकानी भएको र सोही अनुसार उनी चीन गएको स्रोतले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ