arrow

पर्वतको माटोमा अम्लियपनाको समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
Parbati-hamrakura.jpeg

पर्वत । पर्वतमा खेतीयोग्य जमिनको माटोमा अम्लियपनाको समस्या देखिएको छ । नवौँ माटो दिवसको अवसरमा दक्षिण पर्वतको पैंँयू गाउँपालिकामा राखिएको माटो परीक्षण शिविरमा जाँच गरिएका नमुनामा अम्लियपनाको समस्या बढी देखिएको हो । पैँयू गाउँपालिकाको सातवटै वार्डबाट माटोको एक सय दुई नमुना परीक्षण गरिएको थियो । 

सङ्कलित नमुना परीक्षणको नतिजामा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा पनि कम पाइएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले जानकारी दिए ।

नतिजामा २५ प्रतिशत नमुनामा अम्लियपनाको समस्या, ७५ प्रतिशत तटस्थ, ९५ प्रतिशत माटोमा नाइट्रोजनको कमी देखिएको छ । ८० प्रतिशत माटोमा फस्फोरस र सबै नमुना माटोमा पोटासको मात्रा कम रहेको प्रमुख थापाले बताए ।

नतिजाको आधारमा विभिन्न बालीमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा सिफारिस गरिएको छ भने पि एच मानको आधारमा कृषि चुनको मात्रा सिफारिस गरिएको कार्यालयले जनाएको छ । सिफारिस गरिए अनुसार कृषि चुन र सन्तुलित मलखाद किसानले अवलम्बन गरेमा माटोको अवस्थामा सुधार गर्न सकिने थापाले बताए । 

‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ भन्ने नारासहित नवौंँ विश्व माटो दिवस-२०७९ को अवसरमा गरिएको माटो परीक्षणले गाउँपालिकाका सबैजसो वडाका किसान लाभान्वित भएका छन् । 

नमुना परीक्षण गरिएका क्षेत्रमा माटोको उपचार गर्ने प्रविधि र माटोको अवस्था अनुसार कुन बालीनाली लगाउने भन्ने बारेमासमेत सहजीकरण गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ