arrow

जनताको समानुपातिक सङ्घीयता आवश्यक: विप्लव 

logo
नारायण वली,
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
Biplav-Netra-chand.jpg

रुपन्देही । देशमा नेता व्यवस्थापन सङ्घीयताले देशको थप आर्थिक पक्षलाई कमजोर बनाएको नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लवले) बताएका छन् । वर्तमान सङ्घीयता दलका नेता कार्यकर्ता व्यवस्थापनमुखी भएको जनाउँदै, देश र जनताको उत्थानका लागि जनताको समानुपातिक सङ्घीयता आवश्यक रहेको स्पष्ट पारे ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलले कपिलवस्तुमा गरेको साक्षात्कार कार्यक्रममा महासचिव विप्लवले मङ्सिर ४ को प्रदेश र सङ्घको आमनिर्वाचन जनताले दिएको मत परिणामले दलहरूको नीति सिद्धान्त माथि औचित्य नभएको स्पष्ट भएको भन्दै जनताले नयाँ व्यवस्था खोजेको उल्लेख गरे ।

पछिल्लो समय राज्यको आर्थिक साकटताले मुलुकको अवस्था निकै कमजोर भएका बेला राज्यले आर्थिक स्थिति बलियो बनाउनका लागि विशेष नीति ल्याउन आवश्यक भएको अन्यथा ढिला गरे नेपालको अवस्था श्रीलङ्का भन्दा पनि ठूलो सङ्कटमा जाने जनाए । 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति भएको र वर्तमान सरकारसंग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भइरहेको बताए । 

निर्वाचनमा पार्टी र गठबन्धन गरेर चुनाव लडेका पार्टीहरूको अवस्था जनताले दिएको मतले खासै मन नपराएको बताए । हालसम्म कुनै पनि पार्टीले जनताका आधारभूत पक्षमा हितकर काम नगरेको उल्लेख गरे । 

उनले भने, देश र जनताको उत्थानका लागि रूपान्तरण आवश्यक भएको भन्दै वैज्ञानिक समाजवादले मात्रै देशको सार्वभौम सुरक्षा एवं जनताका आधारभूत कुराहरूको परिपूर्तिका लागि समाजवादको विषयमा सबै पार्टी एक भएर खुल्ला रूपमा बहस गर्नुपर्ने जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ