arrow

विवाह समारोहमा सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु, घाइते पचासमध्ये बाह्र गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
fire-final_1618024271.jpeg

नयाँदिल्ली । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

राजस्थानको राजधानी जयपुरबाट चार सय ३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिन्डर विस्फोट भएको हो । 

मृतकमा दुई बालबालिकासमेत रहेका जोधपुरको जिल्ला कलेक्टरको कार्यालयका एक अधिकारीले जानकारी छन् । घाइतेहरु सबै जलेका  र उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ । तीमध्ये १२ जना गम्भीर घाइते,भएका र उनीहरुलाई विशेष उपचारका लागि जोधपुर पठाइएको छ ।   

अधिकारीहरुका अनुसार यो घटना बेहुलाको घरबाट जुलुस निस्कनु अघि नै भएको थियो । कार्यक्रममा करिब १०० जना जम्मा भएको रिपोर्टले जनाएको छ ।

विवाह भोजको तयारी भइरहेको ठाउँमा ग्यास सिलिन्डर चुहिएर शक्तिशाली विस्फोट भएको अधिकारीले जानकारी दिए । विष्फोटका कारण विवाह भइरहेको घरको एक भाग पनि भत्किएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ