arrow

उच्च वायु प्रदूषणका कारण विद्यालयहरू बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
dust-cloud-.jpg

कोलम्बो । श्रीलङ्काले उच्च वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरेको छ । चक्रवात मान्डौसका कारण उत्पन्न तीव्र हावा र वर्षाकले गर्दा  वातावरण नराम्री बिग्रिएकाले विद्यालयहरू बन्द गर्ने निर्णय लिइएको हो ।  

अल जजीराका अनुसार श्रीलङ्काको राजधानी कोलम्बो र अन्य  थुप्रै शहरहरूमा छिटपुट वर्षासँगै आकाश नीलो भएको छ। स्वास्थ्य अधिकारीहरूले बालबालिका र वृद्धवृद्धाहरूलाई घरभित्रै बस्न सल्लाह दिएका छन् ।

श्रीलङ्काको मौसम पूर्वानुमानले अनुराधापुरा, त्रिन्कोमाली, पोलोनारुवा, पुट्टलम र महा इल्लुपल्लामा क्षेत्रमा १०० मिलिमिटर भन्दा बढी भारी वर्षा हुने पूर्वानुमान गरेको डेली मिररले जनाएको छ । 

 सबरागामुवा प्रान्त र गाले, मातारा, अनुराधापुरा र त्रिन्कोमाली जिल्ला, पश्चिमी र उत्तर(पश्चिमी प्रान्तहरू र नुवारा(इलिया र कान्डी जिल्लाहरूमा  व्यापक वर्षाको सम्भावना  देखिएको छ। एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ