arrow

क्वार्टरफाइनलबाटै बाहिरिएपछि ब्रजिलका मुख्य प्रशिक्षक टिटेले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
tite-brazil-football-coach-resigned-2022.jpg

काठमाडौं । ब्रजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन् । कतार विश्वकपको क्वार्टरफाइनलबाटै ब्रजिल बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन् ।

शुक्रबार राति भएको खेलमा क्रोएसियाले ब्रजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो । सोही कारण प्रशिक्षण सम्हालेको ६ वर्षपछि टिटेले ब्रजिल छोडेका हुन् ।

६१ वर्षीय उनले सन् २०१६ देखि ब्रजिलको टिम सम्हाल्दै आएका थिए । टिटेको नेतृत्वमा ब्रजिलले सन् २०१९ मा कोपा अमेरिका जितेको थियो ।

क्रोएसिया सेमिफाइनलमा, बाहिरियो ब्रजिल 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ