arrow

नेटवर्क रेडिनेस इन्डेक्समा भारत ६ स्थान उक्लिँदै ६१ औँ स्थानमा 

logo
एजेन्सी,
प्रकाशित २०७९ मंसिर २६ सोमबार
mobile-tower-network.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। अमेरिकामा रहेको गैर-नाफामुखी निकाय पोर्टुलान्स इन्स्टिच्युटले तयार पारेको नेटवर्क रेडिनेस इन्डेक्स २०२२ मा भारत ६ स्थान माथि उक्लिएर ६१ औँ स्थानमा पुगेको दूरसञ्चार मन्त्रालयले जनाएको छ।

देशको समग्र स्कोर २०२१ मा ४९.७४ बाट २०२२ मा ५१.१९ पुगेको विज्ञप्तिमा उल्लेख छ। भारतले आफ्नो स्थिति छ वटा स्लटले सुधार गरेको छ भने हालसालै जारी गरिएको नेटवर्क रेडिनेस इन्डेक्स २०२२ (एनआरआई २०२२) को रिपोर्ट अनुसार ६१ औँ स्थानमा रहेको विज्ञप्तिमा भनिएको छ।

प्रतिवेदनमा भारतले 'एआई प्रतिभा एकाग्रता' मा पहिलो स्थान, 'देश भित्र मोबाइल ब्रोडब्यान्ड इन्टरनेट ट्राफिक' र 'अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ' मा दोस्रो स्थान, 'दूरसञ्चार सेवामा वार्षिक लगानी' र 'घरेलु बजार आकार' मा तेस्रो स्थान हासिल गरेको छ।  'आइसिटी सेवा निर्यात' मा चौथो 'एफटीटीए/बिल्डिङ इन्टरनेट सदस्यता' र 'एआई वैज्ञानिक प्रकाशनहरू' मा पाँचौँ स्थान हासिल गरेको छ।

एसिया प्यासिफिकको नेतृत्व सिंगापुर, त्यसपछि दक्षिण कोरिया र जापानले गरेका छन्। 'एनआरआई-२०२२ प्रतिवेदनले भारतको आम्दानी स्तरलाई हेर्दा अपेक्षा गरिएको भन्दा ठूलो नेटवर्क तयारी रहेको जनाइएको छ। 

'भारत युक्रेन (५०) र इन्डोनेसिया (५९) पछि निम्न-मध्यम आय भएका देशहरूको समूहमा ३६ मध्ये तेस्रो स्थानमा छ। भारतले सबै समूह र उप-समूहहरूको आय समूह औसतभन्दा उच्च स्कोर छ,' विज्ञप्तिमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ