arrow

बिहेमा झगडाले निम्ताएको दुर्घटना : एकै वडाका आठ सहित १२ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
bolero-accident.jpg

जाजरकोट । जाजरकोट छेडागाड नगरपालिका-५ लेवाका दीपक अधिकारीको ससुराली हो झल्कुवा । साली सम्झनाको बिहेको भोज खान उनी आइतबार त्यहाँ पुगेका थिए। बिहेमा रमाइलो गर्दागर्दै आइतबार दीपक र छेडागाड नगरपालिका-४ भल्कुवाका महेश थापाको बीचमा विवाद भयो ।

विवाद बढ्दै जाँदा दीपक र महेशबीचमा कुटाकुट भयो । दीपक घाइते भए । गाउँलेहरूले झगडा छुटाए । तर दीपकलाई उक्त झगडामा आफूलाई अन्याय भएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय वडावनमा जाने र त्यसपछि थलह बजार गएर उपचार गर्ने भन्दै दैलेखबाट जन्ती लिएर आएको जिपबाट प्रहरी कार्यालयसम्म पुर्‍याइदिन आग्रह गरे ।
 
दीपकसँगै बिहेमा भोज खाना आएका अन्य सर्वसाधारण पनि सोही जिपमा फर्काए । उक्त जिप दशेराको भिरमा दुर्घटना भयो । 

पचार र न्याय माग्न वडावन जाने दीपकसँगै अन्य बिहे भोज खाना आएका १२ जनाको मृत्यु हुन पुग्यो । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् ।

त्यसैगरी जाजरकोट छेडागाड नगरपालिका-५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देव सरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ । 

त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड- ६ का वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए ।

कर्णाली प्रदेश२००१च ०४२९ नंको निजी जिप छेडागाड -३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ