- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एक समय भगवान् बुद्ध वैशालीमा थिए । अङगुत्तर निकायको सिंहसेनापतिले सो कुरा थाहा पाए । त्यस समय सिंह सेनापतिले लिच्छवीहरूका संस्थागारमा लिच्छवीहरूले बारम्बार बुद्धका वर्णन गरिरहेको कुरा सुनेर उनको मनमा बुद्धको दर्शन गर्ने इच्छा भयो ।
त्यस वेला सिंह सेनापति निगण्ठनाटपुत्रका परम भक्त दायक, उपस्थका तथा शिष्य थिए। त्यसले आफ्नो कर्तव्य पालन गर्दै उनी बुद्ध कहाँ जान निगण्ठसँग अनुमति माग्न गए। तर निगण्ठनाटपुत्रले शुरुमै उनलाई रोक्ने अभिप्राय लिई तथा ईष्याको कारणले बुद्ध सम्बन्धी गलत सूचना दिँदै - 'बुद्ध जस्ता अक्रियावादीको दर्शन गरेर तिमी जस्ता कामवादीलाई के फल मिल्ला र !" भनी बाधा दिएका थिए।
यस्तै भन्दै जब दुई पटकसम्म पनि निगण्ठले बुद्ध कहाँ जानमा बाधा दिए तब तेस्रो पटक 'कि हि मे करिस्सति निगण्ठा अपलोकिता वा अनपलोकिता!' (अं. नि-८, पृ. २९४: सोह सुत्त) भन्दै अर्थात् निगण्ठनाटपुत्रसंग सोधे पनि नसोधे पनि मलाई के गर्ने छ र ! भन्ने विचार लिई सिंह सेनापति बुद्ध कहाँ गए।
निगण्ठनाटपुत्रले सिंह सेनापतिलाई बुद्ध कहाँ जानबाट किन रोक्न खोजेका होलान् भन्ने बारेमा मनोरथपूरणी यस्तो उल्लेख गर्दछ - "यदि यी सिंह सेनापति कसैबाट गौतम बुद्धको बयान सुनी बुद्ध कहाँ गए भने मेरो ठुलो नोक्सान हुनेछ ।” त्यसैले निगण्ठले पहिलेदेखि नै उनलाई यस्तो सुनाइराखेका थिए कि-'यो लोकमा म बुद्ध हुँ भन्ने पुरुषहरू धेरै छन् । यदि तिमी त्यस्ता कहाँ जान चाहेमा पहिले मसँग सोध्नू । मैले तिमीलाई कसकहाँ जान बढिया होला भन्ने छु।'
जब सिंह सेनापतिले गौतम बुद्ध कहाँ जाने बारेमा सोधे तब निगण्ठको मनमा "जसकहाँ म पठाउन्न चाहन्न, उसैकहाँ जान्छु भनी सोध्दछन्" भन्ने विचार गरी उनले सिंह सेनापतिको चित्त खिन्न पार्ने उद्देश्यले 'बुद्ध अक्रिया बादी हुन्' भनी बताएका थिए । यस्तो कुरा सुनाउँदा सेनापति बुद्ध कहाँ जाने छैनन् भन्ने विश्वास निगण्ठले लिएका थिए। दुई पटकसम्म त सेनापतिको जाने इच्छा त्यस कुराको प्रभावद्वारा हटेर गएको पनि थियो, तर तेस्रो पटक इच्छा हुँदा उनी निगण्ठसँग नसोधीकनै गए।
वसलसूत्रको अनुस्मरण गर्दा आफ्नो हितको निमित्त कसैसँग विश्वास गरी अर्ति-बुद्धिको कुरा सोध्दा जसले उसलाई आफ्नो स्वार्थमा हानी होला भन्ने डरले अथवा अरू कुनै कारणले त्यस कुरा न बताई असत्य बा उल्टो कुरा बताउँछ भने त्यस्तालाई वसल (चण्डाल वा नीच) भन्दछन् भनी त्यस सूत्रले बताएको छ।
सिंह सेनापति लिच्छवि राज्यका प्रमुख सेनापति भएकीले यिनको तरफबाट निगण्ठहरूको बढी लाभ भएको थियो । त्यस्ता प्रभावशाली तथा ठुलो ओहदामा बस्ने सेनापति जस्ता उपस्थका दातालाई गुमाउन नपरोस् भन्ने कुरामा निगण्ठनाटपुत्र विशेष रूपले सतर्क थिए। त्यसैले उनको एक मात्र ध्येय थियो कि उनी कुनै हालतमा पनि बुद्धकहाँ नजाउन् ।
सिंह सेनापति पनि बुझक्कड नै थिए। उनी कसैको कुरामा मात्र भर पर्ने खालका थिएनन् । स्वयं केलाई हर्ने बुद्धि उनमा नभएको होइन । त्यसैले दुई दुई पटक सम्म आफ्नो कर्तव्य पालन गर्दै, शिष्टाचार पूर्वक आफ्नो गुरुसँगै सोधेर जाने विचार गरी सोध्दा पनि अनुमति नपाएपछि तेस्रो पटक उनी स्वतन्त्र विचार लिई बुद्ध कहाँ गए । बुद्ध कहाँ पुगेपछि उनले सोही कुराको बारेमा प्रश्न सोधे जुन कुरा निगण्ठले "बुद्ध अक्रियावादी हुन्” भनेका थिए।
सेनापतिको प्रस्ट प्रश्न सुनी बुद्धले सेनापतिलाई जवाफ दिँदै भने- 'सेनापति! यदि मेरो आफ्नो अर्थअनुसार भन्ने हो भने मलाई अक्रिया वादी पनि भन्न सकिन्छ, किन्तु जुन विचारले अन्य तीर्थीयहरू भन्दछन् त्यस अर्थले भने होइन । अझ भगवान् अगाडि भने- "सेनापति ! मलाई नास्तिक पनि भन्न सकिन्छ तर मेरा अर्थअनुसार मात्र न कि अन्य तीर्थीयहरूका भनाइअनुसार " इत्यादि।
यसपछि सिंह सेनापतिले भगवान्सँग दान दिने बारे प्रश्न सोधे । राजा निगण्ठले आफ्नो भौतिक लाभ-सत्कार अर्काले लेलान् भन्न विचार लिई, बुद्धप्रति चित्त खराब गराउने उद्देश्यले उनले "बुद्धले आफूलाई मात्र दान देऊ अर्कालाई नदेऊ भन्छन्” भन्ने जस्ता कुराहरू पनि आफ्ना शिष्यहरूलाई सुनाउँदा रहेछन् ।
यो आरोपको सम्बन्धमा बच्छ गोत्र सूत्रमा भने । यस सूत्रमा उल्लेख भए अनुसार भगवान् भने - वत्स। जसले अर्कालाई दान दिनेमा बाधा पुर्याउँछ उसले तीनै जनालाई विघ्न तथा वाधा पुराउँछ ...आदि ।
भगवान्सँग छलफलद्वारा प्रभावित भएका सिंह सेनापतिले जब शरण मागे तब भगवान्ले उनलाई स्मृति दिलाउँदै तिम्रो जस्ता प्रतिष्ठित व्यक्तिले हतारो मान्नु हुन्न बरु गम्भीरता विचार पुर्याई काम गर्नुपर्छ भनी भने ।
यस कुराबाट कन् गद्गद् भइ उनले विन्ति गरे । 'भन्ते ! पद अरू तीर्थीय गणाचांयहरूले मलाई शिष्य बनाउन पाएको भए उनीहरूले सारा वैशाली नगरमा पताकाहरू जय दीपावली गर्थे होलान् किन्तु तथागतले मलाई स्मरण दिलाउनु हुँदै हतारो मान्नु हुन' भनी भन्नहुन्छ धन्य धन्य ।।'
यति विन्तिगरी बुद्धको पूर्णत्वलाई महसुस गरी तेस्रो पटक पनि सिंह सेनापति बुद्धको शरणमा परे । सिंह सेनापति जस्ता उपस्थका दायक गुमाउनु पर्दा निगण्ठपुत्रलाई ठुलो चोट पुग्यो । आनन्दभूमि